मकवानपुरको भैसेमा पिकअप भ्यान पल्टिदा बाराका एकको मृत्यु


eShilalekh

१७ पुष २०७९, आईतवार १६:०५

सिमराः मकवानपुरको भिमफेदी गाउँपालिका २ मा आईतवार बिहान पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ जना घाईते भएका छन् ।

त्रिभुवन राजपथ अन्तगर्त भैसेमा ना४च ९४१ नम्बरको पिकअप दुर्घटना हुँदा बारा बिश्रामपुर गाँउपालिका ३ का १८ वर्षीय राहुलकुमार पण्डितको मृत्यु भएको हो । दुर्घटनामा घाईते भएका पण्डितको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा आठ जना घाईते भएका छन् । घाईतेको हेटौडास्थित अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्