प्रभु साह नेतृत्वको आम जनता पार्टीको बारा संयोजकमा कुशवाहा


eShilalekh

१७ पुष २०७९, आईतवार १६:२१

सिमराः प्रभु साहको नेतृत्वमा हालै गठन भएको आम जनता पार्टीले मधेस प्रदेशको आठ वटै जिल्लामा संयोजक, सचिव र इन्चार्ज तोकेको छ ।

नेकपा एमाले छाडेका साहको नेतृत्वमा बनेको पार्टीले नेतृत्व चयन गरेको हो । उक्त पार्टीले बारा संयोजकको जिम्मेवारी उमेश कुशवाहालाई दिएको छ । कुशवाहा बारा क्षेत्र नं. ४(२) बाट प्रदेशसभा सदस्यको निर्वाचनमा पराजित भएका थिए ।

यसैगरी आम जनता पार्टीले बाराको सचिवमा राजकिशोर साह र इन्चार्जको जिम्मेवारी अशोक लामालाई दिएको छ ।

प्रतिक्रिया दिनुहोस्