एमाले वडा कमिटीद्वारा श्रद्धाञ्जली ब्यक्त


eShilalekh

१८ पुष २०७९, सोमबार १७:५६

सिमरा: नेकपा एमाले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ को वडा कमिटीले मातृशोकमा रहेका वडा कमिटी सदस्य पारस पोखरेलको परिवारलाई भेटेर श्रद्धाञ्जली ब्यक्त गरेको छ ।

सिमराबाट सुनसरीस्थित इनरुवा पुगेर वडा कमिटीले श्रद्धाञ्जली ब्यक्त गरेको हो । वडा कमिटी सदस्य एवम उधोग व्यवसायी महासंघ बाराका सदस्य पोखरेलकी आमा बिष्णुकुमारीको ८८ वर्षको उमेरमा पुस ९ गते निधन भएको थियो ।

स्वर्गीय बिष्णुकुमारीप्रती श्रद्धाञ्जली व्यक्त गर्न एमाले मधेस प्रदेश कमिटी सदस्य मनोज पौडेल, नगर कमिटी सदस्य उद्धब गौतम, वडा कमिटी अध्यक्ष रवीन्द्र खकुरेल, सचिब विशाल घिमिरे, उपसचिब श्रीराम रेग्मीलगायतको टोली इनरुवा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्