चलचित्र ‘दिलमाया २’ को विशेष प्रदर्शन


eShilalekh

१८ पुष २०७९, सोमबार १८:३६

सिमरा: नेपाली चलचित्र ‘दिलमाया २’ को विशेष प्रदर्शन सोमबार वीरगन्जमा सम्पन्न भएको छ । वीरगन्जस्थित त्रिमुर्ति सिनेमाघरमा चलचित्र विषेश प्रदर्शन गरिएको हो ।

आगामी चैत्र १७ गतेदेखी देशभर प्रदर्शन हुन लागेको चलचित्रको यो दोश्रो विशेष प्रदर्शन हो । यसअघि काठमाडौंमा पहिलो पटक विशेष प्रदर्शन गरिएको थियो ।

वीरगन्जमा सम्पन्न विशेष प्रदर्शनको उद्घाटन पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य राजकुमार गुप्ताले गरेका थिए । गुप्ताले समाजको रहनसहन, रितीसंस्कृतिको जगेर्नाका साथै विकृति विंगतीविरुद्ध चलचित्रले सामाजिक सन्देश दिने बताए ।

निर्देशक राजु गिरीद्वारा निर्देशित चलचित्रमार्फत पर्सा सखुवाप्रसौनी गाउँपालिका ६ का मिठु मार्किनले ठूलो पर्दामा डेब्यु गरेका छन् । यस चलचित्रमा उनी नायकको भुमिकामा छन् । मिठुसंगै यसै चलचित्रबाट नायिका सेञ्जल पौडेलले पनि डेब्यु गरेकी छिन् ।

चलचित्रमा भिष्मराज फुलाराको गीत रचना, अर्जुन पोखरेल र राजेन्द्र बजगाईको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन र देव महर्जनको द्धन्द्व निर्देशन रहेको छ । वीरगञ्जपछि  पुष २५ गते हेटौडामा  विशेष प्रदर्शन गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्