अनमोल सहकारीको ११औं वार्षिक साधारण सभा सम्पन्न, जनप्रतिनिधिलाई सम्मान


eShilalekh

२३ पुष २०७९, शनिबार २०:४७

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका २१ स्थित अनमोल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । साधारणसभामा प्रदेशसभा र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरिएको छ ।

साधारणसभाको उद्घाटन सत्रमा प्रदेशसभा सदस्य मञ्जु थापामगर, निवर्तमान प्रदेशसभा सदस्य सिता गुरुङ, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २१ का अध्यक्ष सुभास श्रेष्ठ, वडा नं. २२ का अध्यक्ष शेखरकाजी रुम्बा, कार्यपालिका सदस्य सुकुमाया कुमारीसहित वडासदस्यलाई सम्मान गरिएको हो । संस्थाका अध्यक्ष विनय कुमार साहले जनप्रतिनिधिलाई सम्मान गरेका थिए ।

अध्यक्ष साहको अध्यक्षतामा सम्पन्न साधारण सभाको उद्घाटन सत्रमा सम्मानित जनप्रतिनिधिसहित जीतपुरसिमरा २१ निवर्तमान वडाध्यक्ष कृष्ण शाही ठकुरी, वर्तमान वडासदस्य जमुना गौतम, सिता विक, बद्रीनारायण साह, जीतपुरसिमरा २२ का वडासदस्य ठुलीमाया थिङ, सिताराम वाइवा, निशा विक, कान्छालाल स्याङ्बो, अनमोल सहकारीका संस्थापक अध्यक्ष ज्ञानराज लामा, मनकामना बचत तथा ऋण सहकारीका अध्यक्ष सुवास श्रेष्ठ, नवसिर्जना बचत तथा ऋण सहकारीका अध्यक्ष राजकुमार मानन्धर, ब्रककुण्ड बचत तथा ऋण सहकारीकी अध्यक्ष इश्वरी ठकुरी, खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष नारायण लामिछाने, लायन्स क्लबका प्रतिनिधि चुडामणी खरेलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्