दलित पत्रकार संघ बाराको अधिवेशन सम्पन्न, पासवानको नेतृत्वमा कमिटी गठन


eShilalekh

२६ पुष २०७९, मंगलवार २०:३७

धिरेन्द्र तिवारी

कलैयाः राष्ट्रिय दलित पत्रकार संघ बाराको अध्यक्षमा मेघराज पासवान (निखिल) चयन भएका छन् । कलैयामा सम्पन्न संघको दोस्रो जिल्ला अधिवेशनबाट पासवान अध्यक्षमा सर्वसम्मत् चयन भएका हुन् ।

संघको उपाध्यक्षमा शर्मा बैठा, महिला उपाध्यक्षमा बिपना सार्की, सचिवमा उपेन्द्र पासवान, महासचिवमा शर्मिला सुनुवार, कोषाध्यक्षमा बिरेस पासवान चयन भएका छन् । यसैगरी सदस्यमा राहुल दास, राजु बैठा, जयप्रकाश राम, बलिराम राम, अनु पासवान, भावना सुनुवारलाई चयन गरिएको छ ।

कलैयास्थित जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न अधिवेशनले संघको सल्लाहकारमा दलित पत्रकार संघका केन्द्रीय सचिव सिकेन्द्र पासवान र पन्नालाल दासलाई चयन गरेको छ ।

पचरौता नगरपालिकाका नगर प्रमुख जलान्धर सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पूर्वमन्त्री कलावती पासवान, निवर्तमान प्रदेशसभा सदस्य सुन्दर बिश्वकर्मा, बाराका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापा, पत्रकार महासंघ बाराका उपाध्यक्ष रामबाबु मेहता, नागरिक समाजका अध्यक्ष उमेशलाल दासलगयायतको उपस्थिती रहेको थियो । अधिवेशन दलित पत्रकार संघका केन्द्रीय सचिव पासवानको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्