सपही कलेजको दसौं वार्षिकोत्सव र सभा सम्पन्न


eShilalekh

२६ पुष २०७९, मंगलवार २१:२०

सिमराः बाराको कोल्हबीस्थित सपही कलेजको दसौं वार्षिकोत्सव र क्याम्पस सभा मंगलवार सम्पन्न भएको छ । कोल्हबी नगरपालिका ४ स्थित कलेज परिसरमा कार्यक्रम भएको हो ।

कार्यक्रमको उद्घाटन बारा क्षेत्र नं. १(१) का प्रदेशसभा सदस्य त्रिलोकीप्रसाद चौधरीले गरेका थिए कार्यक्रमको उद्घाटन गर्दै चौधरी शिक्षा क्षेत्रको विकासलाई आफूले प्राथमिकतामा राखेर काम गर्ने बताए ।

कार्यक्रममा कोल्हबी नगरपालिकाका नगर प्रमुख एवम् कलेज संचालक समितिका अध्यक्ष रामप्रसाद चौधरी, निवर्तमान नगर प्रमुख भरतबहादुर भण्डारी, नगर उपप्रमुख लक्ष्मी चौधरी, संचालक समितिका सदस्य गोबिन्द पौडेल, ईलाका प्रशासन कार्यालयका प्रमुख नविन चौधरी, स्थानीय तपेश्वर चौधरी, भेषबहादुर ढकाल, कोल्हबी ३ का वडाध्यक्ष किशुनदयाल चौधरी, ४ का अध्यक्ष बिष्णु मैनाली, ९ का अध्यक्ष दलबहादुर चौधरी, नेपाल राष्ट्रिय माध्यमिक नमुना माध्यमिक विद्यालय सपहीका प्रध्यानाध्यापक भुनेश्वर चौधरी, जनता माध्यमिक विद्यालय ककडी प्रसौनाका प्रध्यानाध्यापक चन्द्रदेव कुशवाहा, तामागढी साझेदारीका अध्यक्ष रवीन्द्र पनुहर, साना किसान कृषी सहकारी सपहीका प्रवन्धक अरुण चौधरीलगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा प्रदेशसभा सदस्यमा दोस्रोपटक निर्वाचित चौधरीलाई सम्मान गरिएको थियो । कार्यक्रममा कलेजबाट स्नातक तह उतिर्ण गरेका विद्यार्थी र विभिन्न रचनात्मक कार्यक्रमका बिजेता विद्यार्थीलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

कलेजका अध्यक्ष केवलप्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न साधारणसभामा कलेज प्रमुख दिनेश अधिकारीले प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण अशोक जोशीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्