मोटरसाइकलको ठक्करबाट कोल्हबीमा पैदलयात्रुको मृत्यु


eShilalekh

२६ पुष २०७९, मंगलवार २३:११

सिमरा: तामागढी-कोल्हबी सडकखण्डमा मंगलबार साँझ मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

कोल्हबी नगरपालिका २ की ५८ वर्षीया ज्ञान्त्री चौधरीको उपचारका क्रममा परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा राती ९ बजे मृत्यु भएको हो ।

कोल्हबीबाट बगेवातर्फ जादै गरेको बा२९प ७०१८ नम्बरको मोटरसाइकलले ठक्कर दिएलगत्तै चौधरीलाई स्थानीय अस्पतालमा सामान्य उपचार गराई एलएस न्युरो लगिएको थियो । चौधरीको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको थियो ।

चौधरीलाई ठक्कर दिने मोटरसाइकलका चालक समेत घाइते छन् । उनको अवस्था सामान्य रहेको र तामागढी अस्पताल कोल्हबीमा उपचार भइरहेको बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएको थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्