बाराका सरोज यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त


eShilalekh

२७ पुष २०७९, बुधबार १४:१५

सिमराः बारा क्षेत्र नं. १(२) बाट निर्वाचित सरोज यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले बुधवार यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम यादवलाई प्रदेश प्रमुख मिश्रले मुख्यमन्त्री नियुक्त गरेका थिए । यादवले ६३ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखसमक्ष दावी प्रस्तुत गरेका थिए ।

कुल एक सय सात सदस्यमध्ये मुख्यमन्त्रीका लागि ५४ जना सांसदको हस्ताक्षर आवश्यक पर्छ । बहुमत प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दावी प्रस्तुत भएपछि प्रदेश प्रमुख मिश्रले यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

यादव मधेस प्रदेशका निवर्तमान सभामुख हुन् । २०७४ सालको निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि यादव सभामुख भएका थिए ।

प्रतिक्रिया दिनुहोस्