सिमरा जेसीजको साताब्यापी कार्यक्रम सुरु


eShilalekh

१६ आश्विन २०७८, शनिबार १६:२४

सिमरा: जेसीज साप्ताह २०२१ अन्तर्गत सिमरा जेसीजले शनिवारदेखी साताब्यापी कार्यक्रम सुरु गरेको छ । एक सातासम्म विभिन्न रचनात्मक क्रियाकलाप आयोजना गर्ने गरी सिमरा जेसीजले कार्यक्रमको सुरुवात गरेको हो ।

सिमरा जेसीजको सचिवालय स्थापना गर्दै सप्ताहब्यापी कार्यक्रमको शुभारम्भ गरिएको हो । कार्यक्रमको उदघाटन जेसीआई नेपालका राष्ट्रिय अध्यक्ष अरूणेश्वर खनालले गरेका छन् ।


कार्यक्रमको उदघाटन गर्दै खनालले छोटो समयमा सिमरा जेेेेसीजले प्रशंसा योग्य काम गरेको भन्दै यस्तो गतिविधिलाई निरन्तरता दिनुपर्ने बताए । जेेेेसीजको उद्देश्य मानिसलाई केन्द्रमा राखेर सामाजिक  हितका लागि युवापुस्तालाई परिपक्क बनाउने रहेको भन्दै खनालले सोहि अनुरूप काम गर्न सुझाव दिए ।

कार्यक्रममा वीरगन्ज जेसीजका अध्यक्ष रन्जन राउत, जेसीज नेपालका राष्ट्रिय कानुनी सल्लाहकार गोकुल सापकोटा, राष्ट्रिय कार्यकारिणी सल्लाहकार अरूण कुमार दाहाल, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी, एनप्याब्सनका केन्द्रीय सदस्य रामप्रसाद अधिकारीलगायतले मन्तब्य राखेका थिए ।  

साताब्यापी कार्यक्रम अन्तर्गत असोज १७ गते युवा अभिमुखिकरण कार्यक्रम,  १९ गते चुरियामाईमा स्वागत बोर्ड स्थापना, २० गते जनता मावि रजघट्टामा निःशुल्क स्वास्थ्य परीक्षण शिविर र २१ गते  दशै तिहार र छठ पर्वको शुभकामनासहित समापन समारोहको कार्यक्रम रहेको सिमरा जेसीजका उपाध्यक्ष  रन्जित सापकोटाले जानकारी दिए।

कार्यक्रमको सहजीकरण सापकोटाले गरेका थिए भने स्वागत मन्तब्य  सिमरा जेसीजका महासचिव पुरुषोत्तम अधिकारीले राखेका थिए । कार्यक्रम सिमरा जेसीजका अध्यक्ष शालिकराम अधिकारीको अध्यतामा सम्पन्न भएको थियो ।


सचिवालय उदघाटनअघि सिमरा जेेेेसीजले प्रभातफेरी कार्यक्रमको आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्