जीतपुरसिमरा भित्रका विद्यालय माघ ६ गतेसम्म बन्द रहने


eShilalekh

२९ पुष २०७९, शुक्रबार १८:१०

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाले माघ ६ गतेसम्मका लागि हिउँदे विदा थपेको छ । बाक्लो हुस्सु र चिसोका कारण पुस १९ गतेदेखी विदा दिदै आएको उपमहानगरपालिकाले शुक्रवार सूचना जारी गर्दै विदा थप गरेको हो ।

उपमहानगरपालिकाले पुस २९ गतेदेखि माघ ६ गतेसम्मका लागि सामुदायिक र संस्थागत विद्यालयको पठनपाठन बन्द गर्नेगरी विदा दिएको हो । यसअघि उपमहानगरपालिकाले पहिलो पटक पुस १९ गते देखि २२ र दोस्रो पटक पुस २४ गतेदेखि २९ गतेसम्म विदा दिने निर्णय गरेको थियो ।

बाक्लो हुस्सु र चिसोका कारण जीतपुरसिमरा उपमहानगरपालिकाले पुस २४ गतेदेखी ६ दिन पठनपाठन ठप्प गर्ने गरी विदा दिएको छ । उपमहानगरपालिकाले शुक्रवार सूचना जारी गर्दै आईतवारदेखी शुक्रवारसम्म विदा दिएको हो । विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा विदा थप गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्