बारामा ६६औं प्रहरी दिवसमा विविध कार्यक्रम


eShilalekh

२२ आश्विन २०७८, शुक्रबार ११:२२

सिमरा : बाराले प्रहरीले ६६औं प्रहरी दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरेको छ । दिवसलाई विशेष दिनको रुपमा लिदै जिल्लाभरी रहेका प्रहरी कार्यलयले विभिन्न कार्यक्रम गरेका हुन् ।


जिल्ला प्रहरी कार्यालय बाराले भने कलैयामा वृहत् कार्यक्रमको आयोजना गर्यो । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालको प्रमुख आतिथ्यतामा कार्यलयले सुरक्षा अवस्था, चुनौतीलगायतका विषयमा चर्चा गर्दै अमर प्रहरीका आफन्त र संचारकर्मीलाई सम्मान समेत गरेको छ ।


कार्यक्रममा जवला दलका प्रमुख सेनानी भुपेन्द्र गोदार, बाराका प्रहरी प्रमुख दीपेन्द्र शाही, सशस्त्र प्रहरी उपरिक्षक रविनराज कर्णजित, जिल्ला न्यायधिवक्ता जुद्धबहादुर आले, प्रहरी नायब उपरिक्षक गौतम मिश्रलगायत विभिन्न राजनितिक दलका प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधिको उपस्थिती रहेको थियो ।


यसैगरी प्रहरी दिवसको अवसरमा ईलाका प्रहरी कार्यालय सिमराले जीतपुरसिमरा उपमहानगरपालिका २ स्थित मुसर्नीमाई मन्दिर परिसरमा सरसफाई गरेको छ । प्रहरी नायब उपरिक्षक मनोजित कु‘वरसहित कार्यालयका प्रहरी अधिकृत र जवाले सरसरफाई गरेका हुन् ।


दिवस मनाउने क्रममा ईलाका प्रहरी कार्यालय निजगढले पनि बजार क्षेत्रको सरसफाई गरेको छ । निजगढ नगरपालिका, लायन्स क्लब अफ निजगढ, लायन्स क्लब अफ निजगढ पिस, मेची महाकाली बुहारी संयुक्त आवाजसहित विभिन्न संघसंस्थाको सहकार्यमा कार्यालयले सरसफाई गरेको हो ।


यसैगरी ईलाका प्रहरी कार्यालय कोल्हबीले वृक्षरोपण कार्यक्रमको आयोजना गरेको छ । कार्यालय परिसरभित्र प्रहरी निरिक्षक शेखरकुमार साहसहितको प्रहरीले वृक्षरोपण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्