विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा सिमरामा दीप प्रज्वनल


eShilalekh

२ माघ २०७९, सोमबार २१:५२

सिमरा: पोखरामा भएको यति एयरलाईन्सको विमान दुर्घटनामा निधन भएकाहरुको सम्झनामा सोमबार सिमरामा दीप प्रज्वलन गरिएको छ । सिमरामा रहेको विभिन्न संघसंस्थाले दुर्घटनामा निधन भएकाहरुप्रति श्रद्धान्जली अर्पण गर्दै दीप प्रज्वनल गरेका हुन् ।

सिमरास्थित लायन्स क्लब अफ सिमरा युथ र नयाँ गोरेटो पुर्नस्थापना केन्द्रले संयुक्तरुपमा दीप प्रज्वनल गरेका छन् । दीप प्रज्वलन कार्यक्रममा लायन्स क्लब अफ सिमरा युथका अध्यक्ष दिवाकर भण्डारी, नयाँ गोरेटो पुर्नस्थापना केन्द्रका अध्यक्ष राजकुमार लामा, लायन्स क्लब अफ सिमरा युथका प्रथम उपाध्यक्ष त्रिलोक बिक्रम शाह, सचिव श्रीराम रेग्मी, कोषाध्यक्ष निर्जल घिमिरे, सदस्य सम्राट खनाल, नविन पौडेल सहभागी थिए भने नयाँ गारेटोका बबिन सुब्बालगायत उपस्थित थिए ।

सिमरा चोकमा अनेरास्ववियुको दीप प्रज्वनल

नेकपा एमालेको जनवर्गिय संगठन अनेरास्ववियु जीतपुरसिमरा नगर कमिटीले सिमरामा दीप प्रज्वलन गरेको छ । कार्यक्रममा मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरीले दीप प्रज्वलन गर्दै श्रद्धान्जली कार्यक्रमको सुरुवात गरेका थिए ।

कार्यक्रममा एमाले नेता मनोज पौडेल, दिनेश्वर ठाकुर, अमृतलाल श्रेष्ठ, अनेम संघकी केन्द्रीय सदस्य कमला घिमिरे, जीतपुरसिमरा ३ का वडाध्यक्ष ताराबहादुर कार्की, अनेरास्ववियु जिल्ला अध्यक्ष सम्राट खनाल, एमाले नेता रविन्द्र खकुरेल, अनिता लम्साल, राजेन्द्र गौतम, राजु गौतम, लक्ष्मी तिमिल्सिनालगायतको उपस्थिती रहेको थियो ।

नगर कमिटी अध्यक्ष इश्वर बस्नेतको अध्यक्षतामा सम्पन्न श्रद्धान्जली कार्यक्रममा अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य त्रिलोक बिक्रम शाहले शोक मन्तब्य राख्दै दिवंगत आत्माको चिर शान्तिको कामना गरेका थिए । सभाको सहजीकरण निर्जल घिमिरेले गरेका थिए ।

हुलासमा कोशेली युथको दीप प्रज्वनल

जीतपुरसिमरा २ स्थित हुलासमा कोशेली युथ क्लबले दीप प्रज्वलन गरेको छ । विमान दुर्घटनामा दिवंगत भएकाहरुप्रति श्रद्धान्जली अर्पण गर्दै क्लबले दीप प्रज्वलन गरेको हो ।

दीप प्रज्वलन कार्यक्रममा क्लबका सदस्यसहित स्थानीयको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्