कलैया प्रादेशिक अस्पतालाई कम्बल वितरण


eShilalekh

३ माघ २०७९, मंगलवार १७:१६

धिरेन्द्र तिवारी

कलैयाः चौगाईं फाउण्डेशनले कलैयास्थित प्रादेशिक अस्पताललाई कम्बल वितरण गरेको छ । फाण्उडेशनका अध्यक्ष सुशिल चौगाईले ५० थान कम्बल वितरण गरेका हुन् ।

अध्यक्ष चौगाईंले अस्पतालका सुपरीटेन्डेन्ट सुनिल जयसवालललाई कम्बल हस्तान्तरण गरेका थिए । अस्पतालमा उपचाररत विरामीका लागि लक्षित गरेर चौगाईंले कम्बल हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा अस्पताल बिकास समितिका अध्यक्ष प्रकाश चौगाईं, फाउण्डेशनका अनिल चौगाईं, कमलेश मण्डल, दिपेशलाल कर्ण, मुनिलाल यादव, अनिल चौरसिया, ऋषी साहलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्