दुधौरा मेलामा आज र्‍यापर बाबु विलिभर आउदै


eShilalekh

८ माघ २०७९, आईतवार ११:३४

सिमराः जीतपुरसिमरा १४ स्थित दुधौरा खोलामा जारी रमाइलो मेलामा आइतवार र्‍यापर बाबु विलिभरसहितका कलाकारले प्रस्तुति दिनेछन् ।

आयोजक लिड इन्टरटेनमेन्ट एण्ड एड्भरटाईजिङका अनुसार मेलामा विलिभरसहित लोकगायिका भूमिका गिरी, स्थानीय कलाकार अंकित तामाङ, संचालक रमेश मेलोडीको प्रस्तुति रहनेछ ।

र्‍यापर विलिभरले पनि दुधौरा मेलामा आफूले सांगीतिक प्रस्तुति दिन लागेको फेसबुकमार्फत जानकारी गराएका छन् ।
माघ ५ गतेदेखि सुरु भएको रमाइलो मेला २० गतेसम्म संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्