लायन्स क्लब ३२५ एसको तेस्रो क्याबिनेट बैठक सम्पन्न


eShilalekh

८ माघ २०७९, आईतवार १२:४१

सिमराः लायन्स क्लब इन्टरनेशलन डिष्ट्रिक्ट ३२५ एसको तेस्रो क्याबिनेट बैठक सम्पन्न भएको छ । बैठकमा डिष्ट्रिक्ट ३२५ एस भित्रका लायन्स क्लबका अध्यक्षसहित प्रतिनिधिको सहभागिता रहेको थियो ।

वीरगंजस्थित होटल भिष्वामा सम्पन्न बैठकमा लायन्स क्लब इन्टरनेशनलका आइडी इन्डोर्सी बालकृष्ण बुर्लाकोटील, डिष्ट्रिक्ट गभर्नर अमरबहादुर श्रेष्ठ, पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन रमेश अग्रवाल, पूर्व गभर्नरद्वय डा. आरपी खेतान, शम्भु नकर्मी, डिस्ट्रिक्ट भाईस गभर्नर डिएन अग्रवाल, डिस्ट्रिक्ट भाईस गभर्नर तासी डोल्मा तुङबाहाम्फे लगायतले लायन्स गरेका सामाजिक काम र उदेश्यका विषयमा चर्चा गरेका थिए ।

सामाजिक सेवामा समर्पित लायन्स क्लबको डिष्ट्रिक्ट ३२५ एसले सक्रिय र प्रभावकारी ढंगले काम गरिरहेको भन्दै वक्ताहरुले प्रशंसा गरेका थिए । लायन्सको मूल उदेश्यमा रहेर काम गर्न र सामाजिक सेवामा समर्पित हुन चाहने जो कोही पनि लायन्समा जोडिन सक्ने डिष्ट्रिक्ट गभर्नर श्रेष्ठले बताए ।

बैठकका क्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने क्लब र लायन पदाधिकारीलाई सम्मान गरिएको थियो । गभर्नर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सेक्रेटरी बालकुमार पाण्डेले गरेका थिए ।

बैठकमा बाराबाट लायन्स क्लब अफ सिमरा युथ, लायन्स क्लब अफ जीतपुरसिमरा, लायन्स क्लब अफ अमलेखगंज, लायन्स क्लब अफ कलैया र लायन्स क्लब अफ गन्जभवानीपुरका क्लबका अध्यक्षसहित प्रतिनिधि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्