प्रहरी दिवसमा राणालाई विभुषण र सम्मान


eShilalekh

२२ आश्विन २०७८, शुक्रबार ११:३०

सिमरा : ६६औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी नायब निरिक्षक सागर सम्सेर जबरा राष्ट्रपतिले प्रदान गर्ने नेपाल प्रताप आभुषण र उत्कृष्ट अपराध अनुसन्धानबाट सम्मानित भएका छन् ।


कोरोनाका कारण यसअघि नै घोषणा भएको नेपाल प्रताप आभुषणबाट राणालाई नेपाल प्रहरीका महानिरिक्षक शैलेस थापा क्षेत्रीले विभुषित गरेका थिए । सोही दिन प्रदेश २ प्रहरी कार्यालयले राणालाई अपराध अनुसन्धानमा उत्कृष्ट कार्य गरेको भन्दै सम्मानित समेत गरेको हो ।


प्रदेश २ का प्रहरी नायब महानिरक्षक उमेश रञ्जितकारले राणलाई सम्मानित गरेका हुन् । राणा हाल जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत छन् । यसअघि उनि ईलाका प्रहरी कार्यालय जीतपुर र ईलाका प्रहरी कार्यालय अमलेखगंजमा कार्यरत थिए ।


अपराध अनुसन्धानमा प्रहरी संगठनभित्र छुट्टै छवि बनाएका राणा अपराध अनुसन्धानका लागि अब्बल मानिन्छन् । नेपालमा भएका ठुला अपराधका घटनाको अनुसन्धान र उक्त घटनामा संलग्न दोषीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन राणा सक्रिय हुदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्