दुधौरा रमाइलो मेलामा आज क्षेत्री र प्रसाईको प्रस्तुति


eShilalekh

९ माघ २०७९, सोमबार १७:५८

सिमराः जीतपुरसिमरा १४ मा जारी दुधौरा रमाइलो मेलामा सोमबार साझ दुई चर्चित कलाकारले सांगीतिक प्रस्तुति दिदैछन् ।

मेलाको पाचौं दिन गायक कमल के क्षेत्री र गायिका टिका प्रसाईले प्रस्तुति दिने भएका हुन् । उनिहरु दुबैको प्रस्तुति साँझ ६ बजेपछि सुरु हुनेछ । यसबाहेक स्थानीय कलाकारले समेत आफ्नो कला प्रस्तुत गर्नेछन् ।

माघ ५ गतेदेखि सुरु भएको मेलामा विभिन्न कलाकारले प्रस्तुति दिदै आएका छन् । यसअघि आइतवार बाबु विलिभर आएका थिए ।

आयोजक लिड इन्टरटेनमेन्ट एण्ड एड्भरटाइङिका अनुसार माघ २० गतेसम्म संचालन हुने मेलामा राष्ट्रिय स्तरका चर्चित कलाकारको प्रस्तुति रहनेछ ।

प्रतिक्रिया दिनुहोस्