जीतपुरसिमरा ३ का छात्रछात्रालाई न्यानो कपडा वितरण


eShilalekh

१० माघ २०७९, मंगलवार १९:५५

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ३ स्थित एक विद्यालयका छात्रछात्रालाई मंगलवार न्यानो कपडा वितरण गरिएको छ ।

सिप्रदियन सहायता संस्थाले नेपाल राष्ट्रिय आधारभूत विद्यालयका एक सय ५० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो । संस्थाले कक्षा १ देखि ८ सम्मका छात्रछात्रालाई ९० हजार भन्दा बढी मूल्यको कपडा वितरण गरेको थियो ।

न्यानो कपडा वितरण कार्यक्रममा वडाध्यक्ष ताराबहादुर कार्कीसहित जनप्रतिनिधि, स्थानीय अगुवा र सहयोगी संस्था सिप्रदियनका प्रतिनिधि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्