दुधौरा मेलामा आज एलिना चौहानले प्रस्तुति दिने


eShilalekh

११ माघ २०७९, बुधबार १२:२८

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका १४ स्थित दुधौरा खोलामा जारी रमाइलो मेलामा बुधवार गायिका एलिना चौहान आउदैछिन् । मेलामा साझ ६ बजेपछि उनको सांगीतिक प्रस्तुति रहनेछ ।

चौहानसंगै भोइस अफ नेपालबाट उदाएका कर्णराज गिरी पनि दुधौरा मेलामा आउदैछन । गिरीले चौहान भन्दा अगाडी आफ्नो प्रस्तुति राख्नेछन् ।

लिड इन्टरटेनमेन्ट एण्ड एड्भरटाइजिङको आयोजनामा माघ ५ गतेदेखि भइरहेको मेलामा राष्ट्रिय र स्थानीय कलाकारले प्रस्तुति दिदै आएका छन् । मेला माघ २० गतेसम्म संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्