हातेमालोको साधारण सभा सम्पन्न, अध्यक्षमा आलेलाई निरन्तरता


eShilalekh

२२ आश्विन २०७८, शुक्रबार ११:५३

सिमरा : हातेमालो बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारण सभा विहिवार सम्पन्न भएको छ । साधारण सभाले आर्थिकसहित विभिन्न प्रतिवेदन पारित गर्दै नयॉ कार्यसमिति समेत चयन गरेको छ ।


साधारण सभाबाट चयन भएको कार्यसमितिको अध्यक्षमा पुनः यज्ञबहादुर आले चयन भएका छन् । आले निर्विरोध चयन भएका हुन् । यसैगरी संस्थाको उपाध्यक्षमा संजयकुमार साह, महिला उपाध्यक्ष क्षमादेवी अधिकारी, सचीव दीपकप्रसाद भट्ट, कोषाध्यक्षमा बरुणकुमार गौतम चयन भएका छन् ।


यसअघि साह संस्थाको सचिव, भट्ट कोषाध्यक्षको जिम्मेवारीमा थिए भने अधिकारी र गौतम संचालक सदस्य थिए । यसैगरी निर्वाचित अन्य संचालक सदस्यमा ईद्रिस मिया, भिमप्रसाद खकुरेल, नारायणप्रसाद घिमिरे (रमेश), चुडामणी गौतम (राजु), सिता केसी, मनकुमारी खनाल, सुनिता चौरेल, टंक घिमिरे रहेका छन् ।


यसैगरी साधारण सभाले लेखा समितिको संयोजकमा रामचन्द्र पौडेललाई चयन गरेको छ । समितिको सदस्यमा विदुर घिमिरे र सुशिला शर्मा चयन भएको निर्वाचन समिति प्रमुख मुकुन्द बहादुर क्षेत्रीले जानकारी दिए ।


यसअघि साधारण सभाको उद्घाटन राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीले गरेका थिए । कार्यक्रममा पूर्वसभासद शोभाकर पराजुली, प्रदेश सांसद सिता गुरु», शोभा लामा, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेल, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका संचालक हरेराम पटेल, बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष सत्यन्द्र ठाकुर, साना किसान कृषी सहकारी संघका अध्यक्ष मिश्रिलाल सहनीलगायतले मन्तब्य राखेका थिए ।

साधारण सभा कार्यक्रमको संचालन संजय साहले गरेका थिए भने स्वागत मन्तब्य शिवप्रसाद वाग्लेले राखेका थिए ।


प्रतिक्रिया दिनुहोस्