निजगढमा मुख्यमन्त्रीसहित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान


eShilalekh

११ माघ २०७९, बुधबार २०:०९

सिमराः निजगढ नगरपालिकाले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवसहित प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सांसदलाई बुधवार सम्मान गरेको छ ।

नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा नगरपालिकाले मुख्यमन्त्री यादवसहित बारा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अच्युत मैनाली, प्रदेशसभा सदस्य त्रिलोकी चौधरी, मिना लामा, राजपति देवी जैसवालललाई सम्मान गरेको हो ।

नगरपालिकाका नगर प्रमुख सुरथ पुरी र उपप्रमुख सोममाया थिङले सांसदलाई सम्मान गरेका थिए । सम्मान कार्यक्रममा मुख्यमन्त्रीसहित सांसदहरुले जिल्ला र क्षेत्रको विकासका लागि प्रतिबद्ध भएर लाग्ने भनाई राखेका थिए ।

कार्यक्रममा नगरपलिकाका वडाध्यक्षसहित अन्य जनप्रतिनिधि, कर्मचारी र स्थानीयको सहभागिता रहेको थियो । कार्यक्रममा नगर प्रमुख पुरीको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्