दुधौरा मेलामा आज भोजपुरी गायक सुनिल पण्डितको प्रस्तुति


eShilalekh

१३ माघ २०७९, शुक्रबार १०:५२

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका १४ स्थित दुधौरा खोलामा जारी रमाइलो मेलामा शुक्रवार साँझ गायक सुनिल पण्डितले प्रस्तुति दिदैछन् । पण्डित चर्चित भोजपुरी गायक हुन् ।

पण्डितसंगै सिमराका स्थानीयक गायक सुनि सुनार, गायक तथा कार्यक्रम संचालक रमेश श्रेष्ठ मेलोडीको सांगीतिक प्रस्तुतिका साथै काठमाण्डौंबाट आएका कलाकारले नृत्य प्रस्तुत गर्ने आयोजक लिड इन्टरटेनमेन्ट एण्ड एड्भरटाइजिङले जनाएको छ ।

माघ ५ गतेदेखि भइरहेको मेलामा राष्ट्रिय र स्थानीय कलाकारले प्रस्तुति दिदै आएका छन् । मेला माघ २० गतेसम्म संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्