‘आमा टोकुवा’


eShilalekh

१३ माघ २०७९, शुक्रबार १५:०९

आमा तिमीलाई स्वर्गको आभास हुन्थ्यो अरे
तिम्रो कोखको झोलीमा म कोल्टिदै लडिबुडी गर्दा
घण्टौ समय म सँग हास्दै, बात माथ्र्यौ अरे
तिम्रो कोखमा चल्दै, चट्पटाउदै म निदाउदा ।।

हर्षको व्यग्रता तिम्रो मुहारको चमकले बोल्थ्यो अरे
मेरो आगमनको दिन नजिकिदै गर्दा
पल्लो गाउँमा भएकी आफ्नी आमालाई चिठ्ठी काट्थ्यौ अरे
तिमी पनि म जस्तै रमेकी थ्यौ होला है आमा ?
तिम्रो कोखबाट मैले जन्म लिदा ।।

संगीसंग पधेरोमा मेरो सानुलाई ठुलो मान्छे बनाउछु भन्थ्यौ अरे,
गाउँमा सबै घाँस, दाउरा र ग्वाला गरेको देख्दा
आमा प्रसव पीडामा पनि तिमी जिन्दगीका गित गाउदैथ्यौ अरे,
तिम्रो कोखबाट च्याँ..च्याँ रुदै धर्तिमा म आउँदै गर्दा ।।

आमा तिमी त्यो दिन लामो निन्द्रामा विलीन भयौ अरे
सबैका लागी तिमी चिसो मान्छे भयौ अरे,
म कति भाग्यमानी रहेछु है आमा
जन्म लिदै ‘आमा टोकुवा’ हुनुपर्दा ।।

आमा..आमा भन्दै म निन्द्रामै कराउदै रुन्छु अरे
कस्ती थिईन् मेरी आमा भन्दै तल्ला घरे काकालाई पिर्छु अरे,
जन्मदै निले तिमीलाई, मारे तिमीलाई
आमा आज पधेरीको पानी गाउँलेहरुलाई विष नै भएको छ ।
तिमीलाई निल्ने म ‘आमा टोकुवा’ ले छोईदिदा
तिमिलाई सम्झदै रुने म टुहुरोको आँसु पधेरीमा मिसिदिदा ।।

रचनाकार जीतपुरसिमरा २ निवासी प्रकाश ढुंगाना हुनुहुन्छ ।

तपाई पनि आफ्नो साहित्यिक रचना, लेख, कथा, कविता प्रकाशन गर्न चाहनुहुन्छ भने हाम्रो इमेल [email protected] मा पठाउन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्