दुधौरा मेलामा आज अस्मिता अधिकारीले प्रस्तुति दिने


eShilalekh

१४ माघ २०७९, शनिबार १०:०७

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका १४ स्थित दुधौरा खोलामा जारी रमाइलो मेलामा शनिवार गायिका अस्मिता अधिकारीले प्रस्तुति दिदैछिन् । अधिकारीको प्रस्तुति साँझ ६ बजेपछि सुरु हुने आयोजकले जनाएको छ ।

नेपाल आइडलबाट उदाएकी अधिकारीका थुप्रै गित चर्चित छन् । अधिकारीसंगै स्थानीय गायक सनि सुनार, गायक तथा कार्यक्रम संचालक रमेश श्रेष्ठ मेलोडीको सांगीतिक प्रस्तुतिका साथै काठमाण्डौंबाट आएका कलाकारले नृत्य प्रस्तुत गर्ने आयोजक लिड इन्टरटेनमेन्ट एण्ड एड्भरटाइजिङले जनाएको छ ।

माघ ५ गतेदेखि भइरहेको मेलामा राष्ट्रिय र स्थानीय कलाकारले प्रस्तुति दिदै आएका छन् । मेला माघ २० गतेसम्म संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्