सरकार किसानको हो, बिचौलियाको होईनः कृषी मन्त्री साह


eShilalekh

१४ माघ २०७९, शनिबार १८:३०

सिमराः कृषी तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले वर्तमान सरकारले किसानको हितमा काम गर्ने बताएकी छिन् । मन्त्री साहले बिचौलियाको सरकार नभइ किसानको सरकार भएकाले कृषी क्षेत्रको विकास र कृषकको हितमा काम गर्ने बताईन् ।

अखिल नेपाल महिला संघ जीतपुरसिमरा नगर कमिटीले शनिवार रजघट्टामा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै मन्त्री साहले कृषीसंगै अन्य क्षेत्रका लागि काम गरेर जनतालाई सरकारको अनुभूति गराउन सके मात्रै सफलता प्राप्त हुने बताईन् । आफूहरु अहिले कुरालाई भन्दा कामलाई प्राथमिकतामा राखेर अघि बढिरहेको उनको भनाई थियो ।

व्यस्तताका कारण कार्यक्रमलाई छोटो सम्बोधन गरेकी मन्त्री साहले सामाजिक रुपान्तरणका निम्ति सबैले आफ्नो दायित्व र कर्तव्य बझ्न समेत आवश्यक रहेको बताईन । कार्यक्रममा प्रदेशसभा सदस्य देवनारायण चौधरी, रवीन्द्रदास श्रेष्ठ, मञ्जुथापामगर, एमाले केन्द्रीय सदस्य सरस्वतीदेवी चौधरी, जीतपुरसिमरा उमपहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, एमाले जिल्ला कमिटी सदस्य तारा कार्की, कमला घिमिरे, बरुण गौतमलगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रममा मन्तब्य राख्दै अधिकांश बक्ताले सुर्य चुनाव चिन्ह लिएर निर्वाचित जनप्रतिनिधिले जनताको मन र विश्वास जित्ने गरी काम गर्नुपर्नेमा जोड दिएका थिए । जनताको चाहना, आवश्यकता सम्बोधन हुने गरी काम गर्न वक्ताहरुले आग्रह गरेका थिए ।
कार्यक्रममा अनेमसंघले एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको थियो । सम्मानित हुनेमा मन्त्री साह, बारा क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अच्युत मैनाली, सबै प्रदेशसभा सदस्य, जीतपुरसिमरा उपमहानगरपालिकामा निर्वाचित उपप्रमुख, वडाध्यक्षसहित सम्पूर्ण जनप्रतिनिधि रहेका छन् ।

अनेमसंघ नगर कमिटीकी अध्यक्ष अनिता लम्साल अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन संचारकर्मी लक्ष्मी खरेलले गरेकी थिईन् । कार्यक्रममा नगर कमिटी सचिव मुना अधिकारीले स्वागत मन्तब्य राखेकी थिईन् ।

सम्मानित भएका मधेस प्रदेशसभाका सदस्यहरुः

सम्मानित भएका जीतपुरसिमराका उपप्रमुख, वडाध्यक्ष र कार्यपालिका सदस्यहरुः

प्रतिक्रिया दिनुहोस्