दुधौरा मेलामा आज प्रीति आले आउँदै


eShilalekh

१८ माघ २०७९, बुधबार १०:११

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका १४ स्थित दुधौरा खोलामा जारी रमाइलो मेलामा बुधवार गायिका प्रीति आले आउँदैछिन् । मेलामा सांगीतिक प्रस्तुति दिन आले आउन लागेकी हुन् ।

आलेसंगै गायक तथा कार्यक्रम संचालक रमेश श्रेष्ठ मेलोडी, स्थानीय गायक सनी सुनारको सांगीतिक प्रस्तुतिका साथै काठमाण्डौंबाट आएका कलाकारले नृत्य प्रस्तुत गर्ने आयोजक लिड इन्टरटेनमेन्ट एण्ड एड्भरटाइजिङले जनाएको छ ।

मेलामा मंगलवार गायिक ज्योती मगरको प्रस्तुति रहेको थियो । माघ ५ गतेदेखि भइरहेको मेलामा राष्ट्रिय र स्थानीय कलाकारले प्रस्तुति दिदै आएका छन् । मेला माघ २० गतेसम्म संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्