आज दुधौरा मेलाको अन्तिम दिन, र्‍यापर मिस्टर डी आउँदै


eShilalekh

२० माघ २०७९, शुक्रबार ०८:११

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका १४ स्थित दुधौरा खोलामा जारी रमाइलो मेला शुक्रवार समापन हुँदैछ । माघ ५ गतेदेखि सुरु भएको मेलाको अन्तिम दिन चर्चित र्‍यापर मिस्टर डी (सन्दीप बिष्ट) ले प्रस्तुति दिदैछन् ।

आयोजकले मेलाको अन्तिम दिन मिस्टर डीलाई स्टेजमा ल्याउन लागेको हो । र्‍यापर मिस्टर डीले पनि आफु दुधौरा मेलामा आउन लागेको भिडियोमार्फत जानकारी गराएका छन् ।

मिस्टर डीसंगै अन्तिम दिन संजय गुरुङ, संचालक तथा गायक रमेश श्रेष्ठ, स्थानीय गायक सनी, एमटी नृत्य समूहलगायतका कलाकारको प्रस्तुति रहने आयोजक लिड इन्टरटेनमेन्ट एण्ड एड्भरटाईजिङले जनाएको छ । मेलामा बिहिवार भोजपुरी गायक प्रमोद जख्मी, प्रीति पासवनालगायतले प्रस्तुति दिएका थिए ।

लिड इन्टरटेनमेन्ट मुख्य आयोजना तथा डुमरवाना युवा समाजको सहआयोजनामा सुरु भएको मेलाको उद्घाटन नगर प्रमुख राजन पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्