होली गार्डेनको २०औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न


eShilalekh

१३ फाल्गुन २०७९, शनिबार २०:३१

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका १ पथलैयास्थित होली गार्डेन इङलिस् बोर्डिङ स्कुलको २०औं वार्षिकोत्सव तथा अभिभावक दिवस शनिवार सम्पन्न भएको छ ।

पथलैयामा एक मात्रै निजी विद्यालयको रुपमा रहेको होली गार्डेनले स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । पथलैयास्थित गुम्बा परिसरमा आयोजित समारोहको उद्घाटन वडा नं. १ का वडाध्यक्ष हिराबहादुर गुरुङले गरेका थिए ।

स्कुलका प्रिन्सिपल भुवन राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडाध्यक्ष गुरुङसहित वडा नं. २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमराका प्रध्यानाध्यापक शंकरकुमार आचार्य, लोटस एकेडेमीका प्रिन्सिपल रामप्रसाद अधिकारीलगायत अन्य शैक्षिक संस्थाका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, अभिभावकको उपस्थिती रहेको थियो ।

वार्षिकोत्सवका अवसरमा विद्यालयले शिक्षक सम्मान, मिस होली गार्डेनलगायतको प्रतियोगिता समेत आयोजना गरेको थियो । कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षकको सांगीतिक प्रस्तुति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्