एमालेको जनसंगठन समन्वय संयन्त्रको बैठक सिमरामा सम्पन्न


eShilalekh

२७ फाल्गुन २०७९, शनिबार १८:३६

सिमराः नेकपा एमालेको मिसन ग्रासरुट अभियान अन्तर्गत जनसंगठन समन्वय संयन्त्रको बैठक शनिवार सम्पन्न भएको छ । सिमरास्थित जिफन्टको कार्यालयमा बैठक सम्पन्न भएको हो ।

बैठकले जीतपुरसिमरामा उपमहानगरपालिकामा जगसंगठन पालिका कमिटी गठन गर्ने र गठन भइसकेका कमिटीको भेला बोलाउने निर्णय गरेको छ । चैत्र १५ गतेभित्र जनसंगठनलाई सक्रिय गर्दै वडातहमा पुगेको ग्रासरुट अभियानलाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।

एमालेको संगठन विस्तार र सुदृढीकरण अभियान अन्तर्गत जारी ग्रासरुटले एमालेको मात्र नभइ देशकै भविष्य जोडिएको भन्दै एमाले नेतृत्वले २३ वटै जनसंगठनका पदाधिकारीलाई जिम्मेवार भएर अघि बढ्न निर्देशन दिएका थिए ।

केन्द्रीय प्रतिनिधि अरविन्द सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा एमाले मधेस प्रदेश कमिटी सदस्य मनोज पौडेल, किशोर शर्मा, सिता सुवेदी, चयन गुरुङलगायत जिल्ला कमिटी, नगर कमिटी, जनसंगठनका विभिन्न तहका नेतृत्व, पदाधिकारीको उपस्थिती रहेको थियो ।

बैठकमा जनसंगठनका पदाधिकारीले पार्टी नेतृत्वलाई सुझाव दिदै ग्रासरुट अभियानलाई प्रभावकारी ढंगले अघि बढाउने प्रतिवद्धता जनाएका थिए । एमाले नगर कमिटी अध्यक्ष एवम् जीतपुरसिमरा उमपहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण नगर उपसचिव त्रिलोक विक्रम शाहले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्