एमालेको मिसन ग्रासरुटः चार पालिकामा कसले पाए कहाँ जिम्मेवारी?


eShilalekh

१ चैत्र २०७९, बुधबार १९:१४

सिमराः मिसन ग्रासरुट अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिकासहित चार वटा पालिकामा खटिएका एमाले नेतृत्वतहको बैठक बुधवार सम्पन्न भएको छ ।

एमाले केन्द्रीय सदस्य एवम् मिसन ग्रासरुटका केन्द्रीय प्रतिनिधि अरविन्द सिंहको अध्यक्षतामा सम्पन्न बैठकले मधेस प्रदेश कमिटी सदस्यको कार्य विभाजन गर्दै विभिन्न पालिकामा परिचालन गर्ने निर्णय गरेको हो ।

सिमरास्थित जिफन्ट कार्यालयमा बसेको बैठकले मिसन ग्रासरुटलाई प्रभावकारी ढंगले अघि बढाउने निर्णय गर्दै जीतपुरसिमरा उपमहानगरपालिका, परवानीपुर गाउँपालिका, प्रसौनी गाउँपालिका र विश्रामपुर गाउँपालिका क्षेत्रभित्र काम गर्ने गरी जिम्मेवारी बाँडफाँड गरिएको केन्द्रीय सदस्य सिंहले जानकारी दिए ।

बैठकले किशोर शर्मालाई जीतपुरसिमरा उपमहानगरपालिकाको १६ वटा वडा, राजमहमद रायलाई बिश्रामपुर गाउँपालिका र जीतपुरसिमराको तीन वटा वडा, मनोज पौडेललाई प्रसौनी गाउँपालिका, चयन गुरुङलाई परवानीपुर गाउँपालिका, अशोक तिवारीलाई बिश्रामपुर र प्रसौनीमा सहयोगी, राधेश्याम सिवकोटीलाई जीतपुरसिमराको १६ वटा वडामा सहयोगीको जिम्मेवारी दिएको हो ।

यसैगरी जीतपुरसिमरा उपमहानगरपालिकाको २४ वटै वडामा मिसन ग्रासरुट अभियान संचालन गर्न जिल्ला कमिटीका सदस्यलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

जीतपुरसिमराको २४ वटा वडामा खटिएका जिल्ला कमिटी सदस्यः

भोलाप्रसाद अधिकारीः वडा नं. १७
मनोज चौधरीः वडा नं. १२
कमला घिमिरेः वडा नं. १ र १३
गिता घलेः वडा नं. ७ र १५
अनिता चौधरीः वडा नं. ११
सुभद्रा न्यौपानेः वडा नं. १४
सिमा ठकुरीः वडा नं. ४ र १६
ध्रुव यादवः वडा नं. १९ र २०
बरुण गौतमः वडा नं. २ र ३
होमनाथ पण्डितः वडा नं. १८ र २१
महादेश चौधरीः वडा नं. ५
महमद आलम अंसारीः वडा नं. २३
अशेश्वर गुप्ताः वडा नं. १०
बसन्त खतिवडाः वडा नं. २२
आफताब आलमः वडा नं. ९
सुरेश यादवः वडा नं. ८
आसमहमद अंसारीः वडा नं. ६
मनहरी अधिकारीः मजदुर इलाका

जीतपुरसिमरा नगर कमिटीको सचिवालय बैठक सम्पन्न
नेकपा एमाले जीतपुरसिमरा नगर कमिटीको सचिवालय बैठक बुधवार सम्पन्न भएको छ । बैठकले मिसन ग्रासरुट अन्तर्गत अभियान सफल बनाउन विभिन्न निर्णय गरेको छ ।

बैठकले चैत्र १५ गते भित्र पार्टी सदस्यता नविकरण गर्नुपर्ने निर्णय गरेको छ । भौतिकरुपमा सदस्य आफै उपस्थित भएर सदस्यता नविकरण गर्नुपर्ने निर्णय गर्दै बैठकले चैत्र ७ गते भित्र वडा कमिटी बैठक सम्पन्न गर्नुपर्ने, वडा कमिटीको बैठकमा सचिवालय, टोल इन्चार्ज र जनसंगठन इन्चार्ज चयन गर्नुपर्ने, चैत्र १० गते वडा तहमा जनसंगठनको वडा कमिटी गठन गर्नुपर्ने निर्णय गरेको छ ।

यसैगरी चैत्र ११ गते सिमरामा हुने राजनैतिक तथा बैचारिक प्रशिक्षणमा नगर कमिटी, एमालेबाट निर्वाचित जनप्रतिनिधि, वडा समितिका पदाधिकारी, टोल कमिटी अध्यक्ष, वडाबाट पाँच जना अगुवा कार्यकर्ता, जनसंगठनको नगर कमिटी अध्यक्ष, जनसंगठनको नगरभित्र रहेका जिल्ला, प्रदेश र केन्द्रका पदाधिकारी र सदस्यको सहभागिता अनिवार्य रुपमा रहनुपर्ने निर्णय गर्दै सो अनुसार सर्कुकर गर्ने निर्णय गरेको छ ।

नगर कमिटी अध्यक्ष भोलाप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकमा केन्द्रीय सदस्य अरविन्द सिंह, प्रदेश कमिटी सदस्य मनोज पौडेल, किशोर शर्मा, चयन गुरुङ, अशोक तिवारी, राजमहमद राय, जिल्ला कमिटी सदस्य ताराबहादुर कार्की, सिमा ठकुरी, बसन्त खतिवडा, गिता घले, अनिता चौधरीलगायतको उपस्थिती रहेको थियो ।

जीतपुरसिमरा २० को वडा अधिवेशन चैत्र ४ गते हुने

नेकपा एमाले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २० को बुधवार सम्पन्न बैठकले चैत्र ४ गते वडा अधिवेशन आयोजना गर्ने निर्णय गरेको छ ।

बैठकले अधिवेशन सम्पन्न गर्नका लागि मायादेवी चौधरीको संयोजकत्वमा अधिवेशन आयोजक कमिटी समेत गठन गरेको छ । कमिटीको सदस्यमा जुमदिन अंसारी, इमामुदिम अंसारी, जगन्नाथ मण्डल, बाबुराम राय, शम्भु यादव, नरेश चौरसिया, उत्तम मण्डल, टिकाराम आचार्य, राधिका राम, मेघु चौरसियालगायत रहेका छन् ।

वडा कमिटी उपाध्यक्ष चौधरीको अध्यक्षतामा सम्पन्न बैठकमा केन्द्रीय सदस्य अरविन्द सिंह, मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरी, प्रदेश कमिटी सदस्य मनोज पौडेल, ध्रुव यादव, जीतपुरसिमरा नगर कमिटी अध्यक्ष भोलाप्रसाद अधिकारी, वडा नं. २ को वडा कमिटी अध्यक्ष रवीन्द्र खकुरेल, वडा नं. २० को वडाध्यक्ष रसुल मियाँ अंसारीलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्