परवानीपुरमा एमालेको प्रशिक्षण सम्पन्न


eShilalekh

४ चैत्र २०७९, शनिबार १९:४३

सिमराः बाराको परवानीपुरमा शनिवार नेकपा एमालेको पालिकास्तरीय वैचारिक राजनीतिक प्रशिक्षण सम्पन्न भएको छ । मिसन ग्रासरुट अभियान अन्तर्गत प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

एमाले परवानीपुर गाउँकमिटीको आयोजनामा सम्पन्न प्रशिक्षण कार्यक्रममा पार्टी तथा जनसंगठनका पदाधिकारी र अगुवा कार्यकर्तालाई प्रशिक्षित गरिएको थियो । प्रशिक्षण कार्यक्रम सुरु हुनु अघि एमालेका केन्द्रीय सदस्य अरविन्द सिंहले मिसन ग्रासरुटको अवधारणाको विषयमा धारणा राखेका थिए ।

यसैगरी मधेस प्रदेश कमिटी सदस्य राजमहमद रायले एमालेको राजनीतिक वैचारिक भिन्नता, किशोर शर्माले पार्टी निर्माण सम्बन्धी माक्र्सवादी दृष्टिकोण र सदस्यहरुका अधिकार, राधेश्याम सिवाकोटीले दसौं महाधिवेशनको कार्यदिशा, कर्तव्य तथा कार्यशैली, सिता सुवेदीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा र समाजवाद निर्माण सम्बन्धी पार्टीको अवधारणा, आसमहमद अंसारीले समसामयिक राजनीतिक अवस्था र पार्टीको दृष्टीकोण, प्रेस चौतारी नेपालका नेता केसी लामिछानेले अवसरवाद र संगठनात्मक अराजकता विरुद्धको वैचारिक संघर्षका विषयमा प्रशिक्षण दिएका थिए ।

परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्री कुर्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेस प्रदेश कमिटी सदस्य मनोज पौडेल, चयन गुरुङ, अध्यानन्द पाण्डे, देवी सापकोटा, गोपाल घलान, मोबिन आलम, भावना आचार्यलगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण प्रभु यादवले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्