एमाले उम्मेदवार पौडेलले गरे मनोनयन दर्ता


eShilalekh

२० चैत्र २०७९, सोमबार १५:५८

कलैया: नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले मनोनयन दर्ता गराएका छन् । बारा क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्य पदका लागि पौडेलले मनोनयन दर्ता गराएका हुन् ।

पौडेलको प्रस्तावकमा बलवीर चौधरी र समर्थकमा राजेश साह रहेका छन् । बारा २ को उपनिर्वाचन बैशाख १० गते हुदैछ ।

मनोनयन दर्ताका क्रममा एमाले केन्द्रीय सचीव रघुवीर महासेठ, पोलिटब्युरो सदस्य अच्युत मैनाली, ज्वालाकुमारी साह, केन्द्रीय सदस्य राजकुमार गुप्ता, महमद समीर, प्रदेशसभा सदस्य देवनारायण चौधरी, रवीन्द्रदास श्रेष्ठलगायत एमाले नेताकार्यकर्ताको सहभागिता रहेको थियो ।

मनोनयन दर्ता गर्न एमाले पार्टी कार्यालयमा भेला भएर उम्मेदवार पौडेलसहित नेताकार्यकर्ता जिल्ला समन्वय कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्