एमाले अध्यक्ष ओली सिमरामा


eShilalekh

२२ चैत्र २०७९, बुधबार ११:२४

सिमरा: नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बुधवार सिमरा आएका छन् । बारा र पर्सामा आयोजना हुन लागेको कार्यक्रममा सहभागी हुन ओली सिमरा आएका हुन् ।

ओलीलाई सिमरा विमानस्थलमा एमालेका नेताकार्यकर्ताले स्वागत गरेका थिए । ओलीले वीरगन्जमा आयोजना हुन लागेको अखिल नेपाल पिछडावर्ग महासंघको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ ।

पिछडावर्ग महासंघको कार्यक्रममा सहभागी भएर ओली बाराको बरियारपुर पुग्नेछन् । बारा क्षेत्र नं. २ को उपनिर्वाचन केन्द्रीत क्षेत्रीय भेलामा सहभागी हुन ओली बरियारपुर जान लागेला हुन् । क्षेत्रीय भेलालाई सम्बोधन गरेर अध्यक्ष ओली बुधवार नै काठमाडौं फर्कने कार्यक्रम रहेको एमाले पोलिटब्युरो सदस्य अच्युत मैनालीले जानकारी दिए ।

क्षेत्र नं. २ को उपनिर्वाचनमा एमालेले पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाएको छ । उम्मेदवारी मनोनयन गरेसंगै पौडेल चुनावी प्रचारमा व्यस्त छन् ।

उक्त क्षेत्रमा जसपाबाट केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल, आम जनता पार्टीबाट अरुण ज्ञवाली उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्