बारा २ः उपनिर्वाचनका उम्मेदवारले २९ लाखसम्म खर्च गर्न पाउने


eShilalekh

२२ चैत्र २०७९, बुधबार १६:५१

सिमराः निर्वाचन आयोग नेपालले बारा क्षेत्र नं. २ को उपनिर्वाचनमा उम्मेदवारले अधिकतम २९ लाख सम्म खर्च गर्न पाउने जनाएको छ । आयोगले बुधवार विज्ञप्ति जारी गर्दै उम्मेदवारको खर्च सिमा निर्धारण गरेको हो ।

आयोगले बारा २, चितवन २ का उम्मेदवारले अधिकतम २९ लाख र तनहुँ १ का उम्मेदवारले ३१ लाख खर्च गर्न सक्ने जनाएको छ । नेपालको राजपत्रमा तोकिए बमोजिमको सिमा भित्र रहेर उम्मेदवारले चुनाव प्रचारका लागि खर्च गर्न सक्नेछन् ।

आयोगले निर्वाचन सम्पन्न भएको ३५ दिन भित्र सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयमा खर्च विवरण पेश गर्न समेत विज्ञप्तिमार्फत सूचित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्