आन्दोलनबाट प्राप्त उपलब्धि रक्षाका लागि उम्मेदवारीः उपेन्द्र यादव


eShilalekh

२९ चैत्र २०७९, बुधबार १३:२०

महागढीमाईः जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धि रक्षा गर्नका लागि आफू उपनिर्वाचनमा उत्रिएको बताएका छन् ।

बैशाख १० गते हुने उपनिर्वाचनका लागि बारा क्षेत्र नं. २ बाट उम्मेदवार दिएका यादवले महागढीमाईमा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै आफ्नो जितले आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा हुने बताए ।

नेता यादवले जनआन्दोलन, जनयुद्ध र मधेस आन्दोलनबाट प्राप्त उपलब्धि समाप्त पार्ने षडयन्त्र भईरहेको भन्दै त्यसविरुद्ध सचेत हुनुपर्ने बताए । उनले संघीयता र लोकतन्त्र विरोधी शक्तिलाई समाप्त पार्नका लागि आफ्नो जीत आवश्यक रहको बताएका छन् ।

चुनावमा आफू निर्वाचित भएपछि बारा २ सहित सिंगो मधेसको विकास गर्ने प्रतिवद्धता जनाए । चुनावी सभामा गठबन्धन दलका विभिन्न नेताले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्