जातीयता र साम्प्रदायिकताको नारा दिनेबाट सचेत रहनुपर्छः यादव


eShilalekh

३० चैत्र २०७९, बिहीबार २२:४४

कलैयाः जनता समाजवादी पार्टीका अध्यक्ष एवम् बारा २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार उपेन्द्र यादवले समाजमा जातीयता र साम्प्रदायिकताको नारा दिनेहरुबाट सचेत रहन आग्रह गरेका छन् ।

करैयामाईको सिहोर्वा, पिप्राहीलगायतका स्थानहरुमा विहीबार आयोजित जनता दर्शन कार्यक्रमलाई सम्बोधन गर्दै यादवले मतदातासँग यस्तो आग्रह गरेका हुन् । विभिन्न नाममा सामाजिक एकता र सद्भावलाई विथोल्न खोज्ने तत्वहरुबाट सचेत रहन आग्रह गर्दै अध्यक्ष यादवले भने जातीयताको कुरा गरेर जनतालाई भड्काउने र सामाजिक एकता र सद्भाव विथोल्नेहरुबाट सावधान रहनुपर्ने बताएका छन् ।

परिवर्तनकामी शक्तिहरुको कठोर संघर्ष तथा मधेश विद्रोहकै कारण आज देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था आएकोले यसको रक्षा गर्नु सबैको जिम्मेवारी भएको उनले बताए । संघीयता विरोधी शक्तिहरु विभिन्न नाममा सल्बलाई रहेकोले आमजनता सचेत रहनुपर्नेमा अध्यक्ष यादवले जोड दिए ।

मधेश विद्रोहकै प्रतिफलले गर्दा देशमा संघीयता आएको र विभिन्न नाममा मधेशी जनतासँग गरिने विभेदहरुको अन्त्य भएको यादवले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्