बिखण्डनको नारा लगाउने पार्टी लोकतन्त्रका लागि घातकः यादव


eShilalekh

१ बैशाख २०८०, शुक्रबार २१:४२

कलैयाः जनता समाजवादी पार्टीका अध्यक्ष एवम् बारा क्षेत्र नम्बर २ का उम्मेदवार उपेन्द्र यादवले विखण्डनको नारा लगाउने दल देश र लोकतन्त्रका लागि घातक रहेको टिप्पणी गरेका छन् ।

पचरौता नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले देश टुक्राउने दल देशका लागि आवश्यक नरहेको भन्दै जनमत पार्टीको एजेन्डा मधेश विखण्डन रहेको आरोप लगाए ।

जनतामा एकता र गठबन्धन मजबुत रहेसम्म लोकतन्त्रमाथि खतरा नरहने भन्दै उनले जातिय कुरा गरेर जनता लडाउन केही तत्वहरु सक्रिय रहेकाले सचेत हुन आग्रह गरे ।

उनले मधेश जनविद्रोहमा बाराबासीको ठूलो योगदान रहेको चर्चा गर्दै मुलुकको हित र लोकतन्त्रको रक्षाको लागि आफ्नो जित अपरिहार्य रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्