उपेन्द्र यादवले बढाए अग्रता


eShilalekh

११ बैशाख २०८०, सोमबार १९:३३

कलैयाः जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता बढाएका छन् । जनमतका शिवचन्द्र कुशवाहा लिएको अग्रतालाई पछि पार्दै यादवले मतान्तर बढाउदै लगेका हुन् ।

यादवले दुई हजार ६ सय मत प्राप्त गर्दा जनमतका कुशवाहाले दुई हजार सतसठ्ठी मत पाएका छन् । करैयामाई गाँउपालिकाको मतगणना हुँदा पछि परेका यादव सुवर्ण गाँउपालिका ७ र ८ नम्बर वडाबाट अग्रता बढाएका हुन् ।

यादवले पाँच सय ३३ मतले अग्रता लिएका हुन् । एमालेका पुरुषोत्तम पौडेलले आठ सय ६१ मत पाएका छन् भने रास्वपाका रमेश खरेलले तीन सय तीन मत पाएका छन् । यसैगरी आम जनता पार्टीका अरुण ज्ञवालीले एक सय ९१ मत पाएका छन् ।

जसपाः २६००
जनमतः २०६७
एमालेः ८६१
रास्वपाः ३०३
आजपाः १९१

प्रतिक्रिया दिनुहोस्