बारा २ बाट निर्वाचित जसपा अध्यक्ष उपेन्द्र यादवले लिए सपथ


eShilalekh

१९ बैशाख २०८०, मंगलवार १७:२७

सिमराः बारा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मंगलवार सपथ लिएका छन् । यादवलाई प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

बैशाख १० गते सम्पन्न उपनिर्वाचनमा यादव २८ हजार चार सय १५ मत प्राप्त गर्दै यादव निर्वाचित भएका थिए । यादवले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई पाँच हजार ८१ मतको मतान्तरले पराजित गरेका थिए ।

कुशवाहाले २३ हजार तीन सय ३४ मत पाएका थिए भने नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले १० हजार दुई सय १६ मत प्राप्त गरेका थिए ।

मंसिर ४ मा सम्पन्न निर्वाचनमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसंग सप्तरी २ मा पराजित यादव उपनिर्वाचनबाट जित हासिल गर्दै प्रतिनिधिसभामा प्रवेश गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्