तेक्वान्दो प्रतियोगिताका लागि खेलाडी छनौट


eShilalekh

६ मंसिर २०७८, सोमबार ०९:५८

सिमरा: बाराको निजगढमा आयोजना गर्न लागिएको राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि प्रदेश नं. २ बाट खेलाडी छनौट गरिएको छ ।


नेपाल तेक्वान्दो संघ, प्रदेश कमिटीले सर्लाहीको सुकेपोखरीमा खेलाडी छनौट गरेको हो । छनौट सम्पन्न भएसंगै मंसीर १० र ११ गते हुने प्रतियोगितामा बारा, पर्सा, सर्लाही, धनुषा र रौतहटका खेलाडी सहभागी हुने भएका छन् ।


तेक्वान्दो संघ प्रदेश २ कमिटीका महासचिव राजकुमार लामाका अनुसार प्रतियोगितामा पर्साबाट ७, बारा २ सर्लाही २, धनुषा २ र रौतहटबाट एक जना खेलाडी सहभागी हुनेछन् । प्रदेश २ का अन्य जिल्लाका खेलाडी प्रतियोगिताका लागि छनौट हुन सकेनन् ।

छनौट हुने खेलाडीमा पर्साका गौतमकुमार प्रजापती (२७), समिर खड्का (४०), अफताब आलम (५०), प्रदीप तिवारी (६३), जंकी यादव (७०) रहेका छन् । यसैगरी बाराबाट शिशिर दहाल (४५), सम्झना पोखरेल (४६), सर्लाहीबाट मनिषा वाईवा (४९), सुनिता मगर (५३), धनुषाबाट अनुराज्ञी साह (३३), अनुज साह (५८) र रौतहटबाट रामकुमार श्रेष्ठ (५४) छनौट भएका छन् । संघले प्रतियोगिताका लागि टिम कोचको जिम्मेवारी यानकुमारी चौलागाईलाई दिएको छ भने निर्णायकका लागि विजय शाह ठकुरीलाई सिफारिस गर्ने निर्णय गरेको छ ।


तेक्वान्दो संघ प्रदेश २ का महासचिव लामाको प्रमुख आतिथ्यतामा सम्पन्न छनौट खेलमा प्रमोद ठाकुर, भावना लामा, पवन श्रेष्ठ, संगम लामा निर्णायक थिए भने जुरीको भूमिकामा विजय शाह ठकुरी र भरत भण्डारी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्