बारा जिल्ला फूटबल रेफ्री संघको अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः ईस्लाम चयन


eShilalekh

३१ जेष्ठ २०८०, बुधबार १७:१९

सिमराः बारा जिल्ला फूटबल रेफ्री संघको प्रथम अधिवेशन बुधवार सिमरामा सम्पन्न भएको छ । अधिवेशनले रियाजुल ईस्लामको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्ष दधिर प्याकुरेल, महासचिव सियाराम कुवँर, कोषाध्यक्ष सानुमाया मगर रहेका छन् । यसैगरी समितिको सदस्यमा रोमन राम, रामअयोध्या चौधरी, सुदीप चौधरी, केदार ढकाल, निलकमल चौधरी, कुमार आचार्य र प्रवेशकुमार यादव चयन भएका छन् ।

बारा जिल्ला फूटबल संघका अध्यक्ष रामचन्द्र लामाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा मधेस प्रदेश कोषाध्यक्ष शम्भुसिंह ठकुरी, जिल्ला फूटबल संघका विनोद गुप्ता, रामकृष्ण श्रेष्ठ, घनश्याम चौधरी, शंकर थापा, विनोद तुलाधार, अजयकुमार गुप्ता लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्