दुई महिलासहित ४० जनाले गरे पथलैयामा रक्तदान


eShilalekh

१७ मंसिर २०७८, शुक्रबार १८:२७

सिमरा: कोरोनाबाट मृत्यु भएकाको सम्झनामा शुक्रवार पथलैयामा आयोजित रक्तदान कार्यक्रममा ४० जनाले रगतदान गरेका छन् । रगत दान गर्नेमा दुई महिला समेत छन् ।


पथलैयाका अग्रज एव्म तराई यातायात ब्यवयासी संघका अध्यक्ष समेत रहेका शंकरकुमार विष्टसहित कोरोनाको समयमा ज्यान गुमाएकाहरुको सम्झनामा श्री कृष्ण युवा क्लबले कार्यक्रमको आयोजना गरेको हो ।


स्थानिय सामाजिक संघसंस्थासंगको समन्वयमा आयोजित कार्यक्रमलाई रक्तसंचार केन्द्र वीरगन्जले प्राविधिक सहयोग गरेको थियो । कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ को कार्यालय, नया गोरेटो पुर्नस्थापना केन्द्र, होटल तथा पर्यटन व्यवसायी संघ, अल्पाईन अस्पताल, तराई अस्पताल, रेडियो नागरिक, होली गार्डेन ई»लिस स्कुल र दिव्य ज्योती युवा क्लब पथलैयाले सहयोग गरेको श्रीकृष्ण युवा क्लबका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।


पथलैयामा कोरोनाका कारण बिष्टसहित पुष्प खनाल, देवी लम्साल, शंकर लामा, अनिल लामाले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्