लायन्स क्लब अफ अमलेखगंजलाई चार्टर हस्तान्तरण


eShilalekh

१८ मंसिर २०७८, शनिबार १३:५५

सिमरा: सात महिनाअघि स्थापना गरिएको लायन्स क्लब अफ अमलेखगंजलाई विधिवतरुपमा चार्टर हस्तान्तरण गरिएको छ । अमलेखगंजमा शनिवार आयोजित कार्यक्रमकाबीच चार्टर हस्तान्तरण गरिएको हो ।

लायन्स क्लबका ईमिडिएट पास्ट डिस्ट्रिक्ट गभर्नर शम्भु नकर्मीले प्रेसिडेन्ट चुडामणी खरेललाई चार्टर हस्तान्तरण गरेका हुन् । कार्यक्रममा डिस्ट्रिक्ट चिफ देवकी नन्दन अग्रवाल, ताशी डोल्मा तुम्बाहाम्फे, एरिया चिफ बासु तिमिल्सिना, किशोर टन्डन, रिजन चेयरपर्सन जेपी यादव, मुकुन्द बहादुर क्षेत्री, जोन चेयरपर्सन सन्तोष चौधरीलगायत विभिन्न चार्टरका प्रेसिडेन्ट र लायन्स क्लबका सदस्यको उपस्थिती रहेको थियो ।

लायन्स क्लब अफ अमलेखगंजको प्रेसिडेन्टमा खरेल, क्रमशः प्रथम, द्धितीय र तृतीय उपाध्यक्षमा विनय कुमार साह कानु, सुभाष श्रेष्ठ र महेन्द्र चित्रकार, सचिव नरेश मगर, कोषाध्यक्ष वर्षा मगर रहेका छन् । यसैगरी सदस्यमा सुर्य बहादुर खरेल, दीपेश बहादुर थापा, ज्ञानराज लामा, सुमन कार्की, दीपेन्द्र लामा, नविन कार्की, सुन्दर बम्जन तामाङ, राधेश्याम तामाङ, विनोद कार्की, रोशन बस्नेत, मानसिङ थिङ, शेख गुलाब, रोहित साह, सोनिका बानिया, जिवन ठकुरी र महेश्वर थिङ रहेका छन् ।

गत जेठमा स्थापना भएको लायन्स क्लबले यसअघि विभिन्न रचनात्मक क्रियाकलाप गर्दै आएको थियो । चार्टर हस्तान्तरणपछि विधिवतरुपमा स्थापना भएको क्लबले सामाजिक गतिविधिलाई निरन्तरता दिने द्धित्यि उपाध्यक्ष श्रेष्ठले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्