ग्रासरुट फुटबल: सिमरा पब्लिक र नोबल एकेडेमी विजयी


eShilalekh

२० मंसिर २०७८, सोमबार ०७:२७

सिमरा: सिमरामा जारी अन्तरविद्यालय ग्रासरुट फूटवल प्रतियोगिता अन्तर्गत आईतवार भएको खेलमा सिमरा पब्लिक स्कुल र नोबल एकेडेमी विजयी भएका छन् ।

सिमरा रंगशालामा भएको पहिलो खेलमा सिमरा पब्लिकले सेन्ट पिटर्स एकेडेमीलाई ३Ð० गोलले पराजित गरेको हो । सिमरा पब्लिकको जितमा आर्यन लामाले दुई र नितेश मगरले एक गोल गरे । नितेश खेलको म्यान अफ दि म्याच घोषित भए ।

यसैगरी दोस्रो खेलमा नोबल एकेडेमीले पाथीभरा स्कुललाई २–१ ले पराजित गरेको छ । प्रतियोगितामा नोबललाई पहिलो जित दिलाउन अस्मिन थिङ र मोहन विष्टले समान एक÷एक गोल गरे । खेलको म्यान अफ द म्याच नोबलका मञ्जिल घिसिङ भए ।

प्रतियोगिता अन्तर्गत सोमबार पनि दुई खेल हुनेछन् । पहिलो खेलमा सेन्ट जोन्स एकेडेमी र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बकुलिया खेल्नेछन् । यसैगरी दोस्रो खेलमा न्यु एकता बोर्डिङ स्कुल र शुभतारा एकेडेमीबिच खेल हुनेछ ।

यसअघि शनिवार भएको खेलमा ब्राईटर एकेडेमी र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमरा विजयी भएको थियो । ब्राईटरले होली गार्डेन स्कुल पथलैयालाई १Ð० ले पराजित गरेको थियो । ब्राईटरका लागि जयराम महतोले गोल गरेका थिए ।

शनिबार नै भएको दोस्रो खेलमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पथलैयालाई ३–१ ले हराउँदै नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमरा विजयी भएको हो । सिमराको जीतका लागि साहिल मोक्तान एक्लैले २ गोल गरे । अर्को एक गोल किसन यादवले गरेका थिए । खेलको म्यान अफ दि म्याच साहिल घोषित भए ।

प्रतिक्रिया दिनुहोस्