पथलैया नकआउट फूटबल प्रतियोगिताको उपाधी एनजेपीवाईसीलाई


eShilalekh

२७ श्रावण २०८०, शनिबार २०:२४

सिमरा: प्रथम पथलैया नकआउट फूटबल प्रतियोगिताको उपाधी एनजेपीवाईसी, सिमराले उचालेको छ । श्रीकृष्ण खेल मैदानमा शनिबार भएको फाइनल खेलमा कोसेली युथ क्लबलाई टाईब्रेकरमा ४-३ ले पराजित गर्दै एनजेपीवाईसीले उपाधी उचालेको हो ।

निर्धारित समयमा दुबै टिमले गोलरहित बराबरी खेलेपछी नतिजा टाइब्रेकरबाट निकालिएको हो । टाइब्रेकरमा जित हात पारेको एनजेपीवाईसीले ३० हजार र उपविजेता कोसेलीले १५ हजार प्राप्त गरेको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी एनजेपीवासीका सागर मोक्तान, उत्कृष्ट गोलरक्षक एनजेपीवाईसीका मन्दी सिंह, उत्कृष्ट डिफेन्स कोसेली युथ क्लबका संजित कार्की, फाइनल खेलको म्यान अफ दि म्याच एनजेपीवाईसीका सजन क्षेत्री घोषित भएका छन् ।

विजेता तथा उपविजेता खेलाडीलाई जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष हिराबहादुर गुरुङ, बारा जिल्ला फूटबल क्लबका अध्यक्ष रामचन्द्र लामा, युआर अटोमेटिक लण्ड्रीका संचालक उमेश चौलागाईंलगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिताको समापन समारोहमा नेपाल राष्ट्रिय माध्यमिक विधालय व्यवस्थापन समितिका अध्यक्ष कल्याण आले, स्थानीय अगुवा रामदास धौजु, राजकुमार डिमडुङ, नेपाल तेक्वान्दो संघ मधेस प्रदेशका महासचिव राजकुमार लामा, नेपाल केन्पो खुकुरी मार्सल आर्ट संघ मधेस प्रदेशका बरिस्ठ उपाध्यक्ष गणेश शाह ठकुरी, सिमरा भेट्रानका अध्यक्ष राजकपुर राउत, रुपान्तरण युवा क्लबका अध्यक्ष रामकुमार अर्याल, नयाँ गोरेटो पुनर्स्थापना केन्द्रका बबिन सुब्बा, अर्जुन लामिछाने, शिक्षक रुवन थापालगायतको उपस्थित रहेको थियो ।

आयोजक पथलैया युवा क्लबका अध्यक्ष दिपेन गिरीको अध्यक्षतामा सम्पन्न समापन समारोहको सहजीकरण भुवन थापाले गरेका थिए ।

साउन १० गते सुरु भएको प्रतियोगितामा २८ टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्