‘राक्षसरूपी मानिस’


eShilalekh

३२ श्रावण २०८०, बिहीबार १५:३६

बाआमा, उनी र बाबाकी सानी  
मेरा प्राण, मनमुटु आँखाकी नानी !
सपना पूरा गर्न कुदेका खुट्टा 
मन बुझाउछौ कसरी सहारा लुट्दा !!

सडकले मेरा हाडमासु समाए
काला बाटालाइ राता रङगाए !
म होसमा छैन के-के कराए 
हात समाउने, उठाउने सबै हराए !!

चिच्याए, कराए, गुहार लगाए 
शरीर माथीको मोटर पन्छाए
रक्ताम्य हातलाई टेको बनाए
उठ्न खोजे तर खुट्टा डगमगाए

भिडमा मानव खोजी आँखा नचाए 
मानवताका रोगीहरु भिडमा रमाए !
सबै झुठा नाटक नौटन्की देखाए 
फोटा प्रष्ट भएन फेरि फोन घुमाए !!

शिरको रगतले शरीर सिचाए 
च्यात्तिएका लुगाले घाउ लुकाए !
सडकको बीचमा किरा झै रेगे 
हजारौं राक्षसरूपी मानिस  देखे !!

आँखा मधुरो स्वास सुस्त-सुस्त
सायद लेख्या रैछ निदाउन मस्त !
एक्कासी आँखामा काला बादल छाए
यो समाजका राक्षस भो म अघाए !!

रचनाकार जीतपुरसिमरा उपमहानगरपालिका १ निवासी हुनुहुन्छ ।

तपाई पनि आफ्नो साहित्यिक रचना, लेख, कथा, कविता प्रकाशन गर्न चाहनुहुन्छ भने हाम्रो इमेल [email protected] मा पठाउन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्