ग्रासरुट फुटबल: लोटस एकेडेमी र एक्स सर्भिसम्यान क्वार्टरफाईनलमा


eShilalekh

२२ मंसिर २०७८, बुधबार ०९:४६

सिमरा: लोटस एकेडेमी सिमरा र एक्स सर्भिसम्यान एकेडेमी सुन्दरबस्ती अन्तरविद्यालय ग्रासरुट फूटवल प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेका छन् ।

सिमरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत मंगलवार भएको खेलमा जीत हात पार्दै दुवै विद्यालय क्वार्टरफाईनलमा प्रवेश गरेको हो । अन्तिम आठमा प्रवेश गर्ने क्रममा लोटस एकेडेमीले जनता माध्यमिक विद्यालयलाई ४-० गालले पराजित गर्याे ।

लोटसको जीतमा आकाश मोक्तानले तीन र रोहन तामाङले एक गोल गरे । आकाश खेलको म्यान अफ दि म्याच घोषित भए । सैगरी एक्स सर्भिसम्यानले मिसन एकेडेमी, मनहर्वालाई १-० ले पराजित गरेको हो । उसका लागि विनोद घलेले निर्णायक गोल गरे । घले खेलको म्यान अफ द म्याच घाोषित भए ।

प्रतियोगिता अन्तर्गत बुधबार ब्राईटर एकेडेमी र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय अमलेखगंज पहिलो खेलमा प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो खेल अक्षरा पाठशाला र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमराबीच हुनेछ ।

प्रतिक्रिया दिनुहोस्