ग्रासरुट फूटवल: नेरामावि डुमरवाना र राष्ट्रिय विभुति अन्तिम आठमा


eShilalekh

२३ मंसिर २०७८, बिहीबार १८:५३

सिमरा: नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, डुमरवाना र राष्ट्रिय विभुति शिक्षा सदन, डुमरवाना सिमरामा जारी अन्तर विद्यालय ग्रासरुट फूटबल प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ ।

सिमरा रंगशालामा विहिवार भएको खेलमा नेरामावि डुमरवानाले सिमरा पब्लिक ईङ्लिस स्कुललाई २-० र राष्ट्रिय विभुतिले नोबेल एकेडेमीलाई ३-० ले पराजित गर्दै क्वार्टरफाईनलको यात्रा तय गरेको हो ।

नेरामावि डुमरवानाको जीतमा करण चौधरीले दुई गोल गरे । चौधरी खेलको म्यान अफ दि म्याच घोषित भए । यसैगरी राष्ट्रिय विभुतिका लागि राजकुमार चौधरीले दुई र केशव चौधरीले एक गोल गरे । दुई गोल गरेका चौधरी खेलको म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत शुक्रबार बारा एकेडेमी पिलुवा र न्यु एकता बोर्डिङ स्कुलबीच खेल हुने प्रतियोगिता संयोजक सोनु क्षेत्रीले जानकारी दिए । जीतपुरसिमरा उपमहानगरपालिका भित्रका २४ विद्यालयको सहभागिता रहेको प्रतियोगिता ग्रास रुट फाउण्डेशन बाराले आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्