एमालेको प्रदेश अधिवेशनका लागि जीतपुरसिमराबाट सर्वसम्मत् प्रतिनिधि चयन


eShilalekh

१७ आश्विन २०८०, बुधबार २१:०४

सिमराः नेकपा एमाले मधेस प्रदेशको अधिवेशनका लागि जीतपुरसिमरा उपमहानगरपालिकाबाट सर्वसम्मत् प्रतिनिधि चयन गरिएको छ । असोज २४ र २५ गते हुने अधिवेशनका लागि उपमहानगरपालिका क्षेत्रबाट १६ जना प्रतिनिधि चयन भएका हुन् ।

एमालेले तय गरेको मापदण्डअनुसार खुल्लामा आठ, महिलामा पाँच र युवामा तीन जना प्रतिनिधि चयन भएका छन् । निर्धारित संख्या भन्दा बढीले प्रतिनिधि बन्न आकांक्षा देखाएपछि सहमति जुटाउन कसरत हुँदै आएको थियो ।

निर्वाचन अधिकृत केदारप्रसाद दाहालका अनुसार खुल्लातर्फ देवनारायण चौधरी, मनोज पौडेल, दिनेश्वर ठाकुर, किशोर शर्मा, हरिदेव खरेल, ताराबहादुर कार्की, रमेश चौधरी र ईश्वर ढकाल चयन भएका छन् । यसैगरी महिलातर्फ चयन गुरुङ, सिता सुवेदी, सिमा ठकुरी, सुभद्रा न्यौपाने र अलोपिया चौधरीलाई चयन गरिएको छ । युवातर्फ भने सुवास श्रेष्ठ, सुनिल गुप्ता र महमद आरिफ हुसेन चयन भएका छन् ।

यसअघि प्रतिनिधिका लागि खुल्लातर्फ २१, महिलातर्फ ९ र युवातर्फ ६ जनाले मनोनयन दर्ता गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्